काठमाडौँ । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
अनुसन्धानका क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि छानबिन गर्दा प्रहरी हवल्दार कुमार विकले आफ्ना साथीलाई म्यासेन्जरमार्फत भिडियो पठाएको खुलेको प्रहरीले जनाएको छ।
गोपनीयताको अधिकार हनन गरेको आरोपमा विकलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए।






















प्रतिक्रिया