काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन्।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या देखिएपछि चिकित्सकले कालो चस्मा लगाउन सुझाव दिएका हुन्।
साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा गरिएको आँखाको परीक्षण प्रतिवेदनमा आवश्यकताअनुसार आइड्रप प्रयोग गर्न र कालो चस्मा लगाउन भनिएको छ।
बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत तय भएको छ।






















प्रतिक्रिया