वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक र गाडीका पार्टपूर्जामा ट्यारिफ बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिएका छन्। यो ट्यारिफ २०२७ जनवरी १ देखि लागू हुने ट्रम्पले बताएका छन्।
अमेरिका–क्यानडा व्यापार सम्झौताको वार्ता असफल भएपछि दुई देशबीच व्यापार तनाव चर्किएको हो। ट्रम्पले अमेरिकामै उत्पादन गर्ने कम्पनीलाई ट्यारिफ नलाग्ने बताएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकासँग पारस्परिक लाभ हुने सम्झौताको सम्भावना अझै रहेको बताएका छन्। ट्रम्पको चेतावनीपछि अमेरिकी तथा जापानी अटो कम्पनीका शेयरसमेत ओरालो लागेका छन्।
विशेषज्ञहरूले अमेरिका–क्यानडाको गहिरो अटो आपूर्ति शृंखलाका कारण नयाँ ट्यारिफले कार उत्पादन लागत र उपभोक्ता मूल्य दुवै बढाउन सक्ने चेतावनी दिएका छन्।






















प्रतिक्रिया