पोखरा । गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिएका छन्।
मंगलबार बिहान संसदीय बोर्ड बैठकले चारै मन्त्रीको राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले बताएकी थिइन्। तर, दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरू राजीनामा नदिई बाहिरिएका छन्।
मन्त्री गोविन्द नेपालीले राजीनामाबारे बाहिर आएका कुरा हल्ला मात्रै भएको भन्दै आफूहरू अझै सरकारमै रहेको बताए।
एक एमाले सांसदका अनुसार राजीनामा दिने निर्णयसँगै चारै मन्त्रीले पत्रमा हस्ताक्षरसमेत गरेका थिए। यसबारे थप छलफल गर्न बुधबार एमाले संसदीय दलको बैठक बोलाइएको छ।






















प्रतिक्रिया