त्रिशूलीमा बाढीको कहर, देउवाले गरे उद्धारमा जुट्न अपिल


काठमाडौं । रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि नदी आसपासका बस्तीमा जोखिम बढेको भन्दै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

देउवाले सामाजिक सञ्जालमार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी किनारका बासिन्दालाई समयमै सुरक्षित स्थानमा रहन अपिल गरेका हुन्।

उनले राज्यका सम्पूर्ण सुरक्षा निकायलाई तत्काल उद्धारमा परिचालन गर्न माग गर्दै स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धारमा जुट्न राजनीतिक दल, युवा तथा नागरिक समाजलाई आग्रह गरेका छन्।