रसुवामा बाढीको त्रास, गगन थापा भन्छन्– ‘तत्काल उद्धारमा जुटौँ’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित बाढीपछि अवस्था गम्भीर र चिन्ताजनक बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै थापाले भोटेकोशी र त्रिशूली नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेका हुन्।

उनले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गरेका छन्। साथै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका कांग्रेस नेता–कार्यकर्तालाई तत्काल प्रभावित क्षेत्रमा खटिएर उद्धार तथा राहतमा सहयोग गर्न निर्देशन दिएका छन्।

थापाले तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र विपद्का बेला नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्। उनले विपद् व्यवस्थापनमा सरकारका सबै प्रयासमा कांग्रेसको पूर्ण साथ रहने प्रतिबद्धतासमेत जनाएका छन्।