काठमाडौं । चीनबाट रसुवा हुँदै आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार नुवाकोट, ककनी, धादिङ र चितवनलगायतका विभिन्न युनिटबाट टोली प्रभावित क्षेत्रमा खटिएका छन्।
टोलीले बाढी तथा डुबानमा परेकाको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणमा सक्रियतापूर्वक काम गरिरहेको उनले बताए।






















प्रतिक्रिया