काठमाडौँ । रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नुवाकोटको विदुर क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि विदुर क्षेत्रमा एक महिला र तीन पुरुष गरी चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र धमलाका अनुसार बुधबार बिहान आएको बाढीपछि विदुर क्षेत्रमा चार जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार फेला परेका शवबारे प्रारम्भिक जानकारी प्राप्त भए पनि उनीहरूको पहिचान तथा घटनाको थप विवरण खुल्न बाँकी छ। प्रहरीले बाढीबाट भएको क्षति र अन्य सम्भावित बेपत्ताको अवस्थाबारे खोजी तथा विवरण संकलन गरिरहेको जनाएको छ।
रसुवाको भोटेकोसीमा आएको बाढी नुवाकोटतर्फ समेत पुगेपछि नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।






















प्रतिक्रिया