काठमाडौं – रसुवामा आएको भीषण बाढीले रसुवा भन्सार कार्यालयको यार्डमा रहेका ट्रकसहित ३०० भन्दा बढी गाडी बगाएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सारका ५ कर्मचारी अझै सम्पर्कविहीन छन् भने अन्य कर्मचारी टिमुरे बजारभन्दा माथिको डाँडामा उद्धारको पर्खाइमा छन् ।
भन्सार कार्यालयमा ३६ स्थायी कर्मचारी दरबन्दी रहेकामा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन् । बाँकी कर्मचारीको खोजी, उद्धार र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।





















प्रतिक्रिया