‘काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्।
सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा बोल्दै थापाले विपद्का बेला सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव भएको बताए। उनले राष्ट्रिय राजनीतिमा जुनसुकै भूमिकामा रहे पनि संकटका बेला सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे।
विपद् सामना गर्न सरकारले अघि बढाउने सबै काममा राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने भन्दै थापाले अहिलेको अवस्थामा सरकारलाई सबैले मद्दत गर्नुपर्ने बताए।





















प्रतिक्रिया