७९ सुरक्षाकर्मी अझै सम्पर्कविहीन


काठमाडौँ । सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीमा ७९ सुरक्षाकर्मीसहित केही कर्मचारी र स्थानीय सम्पर्कविहीन छन्। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिँदै १३ हेलिकप्टर परिचालन गरेको छ।

बाढीबाट सडक, पुल, विद्युत्, सञ्चारलगायत संरचनामा ठूलो क्षति पुगेको छ। राहत तथा पुनःस्थापनाका लागि रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ।