डा. सुनिल शर्माद्वारा बाढी प्रभावितका लागि निःशुल्क उपचारको घोषणा


काठमाडौं । डा. सुनिल शर्माले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोटमा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ।

रसुवा तथा आसपासका क्षेत्रमा बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहत कार्य जारी रहेका बेला डा. शर्माले स्वास्थ्य उपचारमा आवश्यक सहयोग गर्ने घोषणा गर्नुभएको हो।

बाढीका कारण घाइते भएका तथा स्वास्थ्य समस्या देखिएका प्रभावित नागरिकलाई केएमसी दुवाकोटमा निःशुल्क उपचार उपलब्ध गराइने उहाँले बताउनुभएको छ।

विपद्को समयमा प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालमार्फत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने डा. शर्माको भनाइ छ।