काठमाडौं – गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् ।
उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ र नेपाल निर्माण व्यवसायी महासंघका नेतृत्वसँग छलफल गर्दै खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवासलगायत राहत सामग्रीमा सहयोग गर्न आग्रह गरेका छन् ।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व भएकाले प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।






















प्रतिक्रिया