रसुवाबाट २० विदेशी सहित १२५ जनाको हवाई उद्धार


काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको हवाई उद्धार गरेको छ।

सेनाका अनुसार बिहीबार बिहानदेखि हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। उद्धारसँगै त्रिशूलीस्थित सेनाको आपत्कालीन उपचार केन्द्रमा विशेषज्ञ चिकित्सकसहितको टोलीले ६४ जना घाइतेलाई स्वास्थ्य सेवा दिएको छ।

सेनाले घाइतेको जमिन तथा हवाई उद्धार, आपत्कालीन उपचार र प्रभावित क्षेत्रमा राहत सामग्री वितरणलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।