काठमाडौँ । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले विपद् प्रभावितको सहयोगका लागि उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ।
बैंकका अनुसार सहयोगबाट बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा अस्थायी आवास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सघाउ पुग्नेछ।
बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ।






















प्रतिक्रिया