बाढीपीडितका लागि मदनकृष्ण–हरिवंशको सहयोग घोषणा


काठमाडौँ । हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

मह जोडीले संयुक्त रूपमा सहयोग घोषणा गरेका हुन्। बाढीको विपत्तिमा पक्ष–विपक्ष नभनी देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न हरिवंश आचार्यले आग्रह गरेका छन्।