विपद् पीडितका लागि कुमारी बैंकको ३ करोड सहयोग


काठमाडौँ । कुमारी बैंकले रसुवाका बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार बैंकका सीईओ रामचन्द्र खनालसहितका अधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विपद्पछिको राहत तथा पुनर्स्थापनाका लागि प्राप्त सहयोग सरकारले एकद्वार प्रणालीमार्फत संकलन गर्न थालेको छ ।