काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि कोटीहोमका संकल्पकर्ता धर्मगुरु विजयकृष्णमूर्ति महाराजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
प्राकृतिक विपत्तिका कारण ठूलो क्षति भएको र धेरै नागरिक प्रभावित बनेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले महाराजले उक्त रकम प्रदान गरेका हुन्।
सहयोग गर्दै धर्मगुरु विजयकृष्णमूर्ति महाराजले विपत्तिको यस कठिन घडीमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयाससँगै नागरिक समाज, धार्मिक संघसंस्था, व्यवसायी तथा आम नागरिक पनि एकजुट हुनुपर्ने बताए।
उनले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउन आर्थिक तथा मानवीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सक्षम व्यक्ति तथा संस्थाहरूलाई समेत राहत अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
धर्मगुरु विजयकृष्णमूर्तिको सहयोगलाई विपत्तिको समयमा धार्मिक क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुटाउने अभियानको सकारात्मक सुरुवातका रूपमा लिइएको छ।






















प्रतिक्रिया