भोटेकोशी बाढीमा करिब १०० चिनियाँ नागरिक बेपत्ता


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता भएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली अधिकारीसँग समन्वय गरेर बेपत्ता नागरिकबारे थप विवरण पुष्टि गर्ने तथा खोजी कार्य अघि बढाइरहेको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा बेपत्ताको अवस्था पहिचान गर्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ ।