चितवन। बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। विपद्को समयमा मृतकको शवमाथि अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा घटनाको तीव्र आलोचना भइरहेको छ।






















प्रतिक्रिया