काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो।
सरकारले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत परिचालन गर्ने क्रममा उक्त निर्णय गरेको हो।






















प्रतिक्रिया