काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, कम्पनी तथा संघसंस्थाले कोषमा सहयोग रकम उपलब्ध गराइरहेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोगका लागि अपिल गरेपछि कोषमा ठूलो मात्रामा रकम जम्मा हुन थालेको हो।
सरकारले प्राप्त सहयोग रकमलाई बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा परिचालन गर्ने जनाएको छ।





















प्रतिक्रिया