रसुवा बाढी : पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गर्ने चितवन प्रशासनको तयारी


काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने तयारी चितवन प्रशासनले गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा संकलन गरिएका २३३ शवमध्ये ४ वटा पहिचान भएका छन् भने २२९ वटा शव अझै पहिचान हुन सकेका छैनन्। होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका शवहरू सड्न–गल्न थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको हो।

प्रशासनले पहिचान नभएका तथा बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ। त्यसअघि सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जनाइएको छ।

प्रशासनले भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।