काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धार, खोजी तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार हालसम्म १८७ विदेशी नागरिकसहित ४ हजार ४५१ जनाको जीवित उद्धार गरिएको छ भने ६२६ शव फेला परेका छन्। करिब २ हजार ४०० जना अझै बेपत्ता छन्।
बेपत्तामध्ये करिब ४२० जना विदेशी नागरिक रहेको भन्दै मन्त्रालयले पहिचान तथा प्रमाणीकरणको काम जारी रहेको जनाएको छ।
रसुवा, नुवाकोट, धादिङ र चितवनमा खोजी तथा उद्धार जारी छ। सुरुङमा फसेकाको उद्धारका लागि भारतको ११ सदस्यीय विशेषज्ञ टोली परिचालन भइसकेको र चीनबाट पनि विशेष टोली आउने क्रममा रहेको मन्त्री खनालले बताए।
भारतबाट ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको तथा चीन, जापान र अस्ट्रेलियालगायत मुलुकबाट पनि सहयोग भइरहेको उनले जानकारी दिए।
खनालले नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचारको खण्डन गर्दै उद्धार, राहतसँगै पुनर्निर्माण र पुनःस्थापनाका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए। साथै, हिमालयन इकोसिस्टम जोगाउन विश्व समुदायसँग ऐक्यबद्धताका लागि अपिल गरे।





















प्रतिक्रिया