काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवालगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा तत्काल सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट समेत सेवा सञ्चालन गरी सेवाग्राहीलाई सहजता प्रदान गर्न आग्रह गरेको हो।
विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरेको छ।
साथै, विपद्का बेला ग्राहक, कर्मचारी र समुदायको सुरक्षा तथा हितलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकले आग्रह गरेको छ।





















प्रतिक्रिया