काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली बाढी प्रभावित नुवाकोट पुगेर राहत सामग्री वितरण गरेको छ।
टोलीले नुवाकोट दरबारस्थित बाढीपीडित शिविरमा खाद्यान्न, मेडिकल किट, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।
शिविरमा हाल ७६ जना आश्रय लिइरहेका छन्, जसमा ४७ जना १८ वर्षमुनिका बालबालिका छन्। बालबालिकालाई लक्षित गरी खेलौना, लत्ताकपडा, भित्री कपडा र खाद्यान्नलगायत सामग्री वितरण गरिएको मिराजले बताए।





















प्रतिक्रिया