भोलि बाढी प्रभावित क्षेत्रमा जाँदै गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाने भएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापन बैठकमा थापाले विपद् प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने र उद्धार तथा राहतका लागि आवश्यक पहल गर्ने जानकारी दिए ।

उनले नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका नेता–कार्यकर्तालाई उद्धार तथा राहतमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

थापाले स्थानीय सरकारलाई सक्रिय बनाउँदै प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग गर्नुपर्ने धारणा राखे । स्थलगत भ्रमणपछि सरकारलाई उद्धार तथा राहत थप व्यवस्थित गर्न सुझाव दिने उनले बताए।