काठमाडौँ । भोटेकोसीमा आएको भीषण बाढीपछि पूर्वी नवलपरासीमा १६८ जनाको शव फेला परेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार तीमध्ये हालसम्म ९ जनाको मात्र पहिचान खुलेको छ।
नारायणी नदी किनारबाट थप ५२ मानव अङ्गसमेत भेटिएका छन्। बाढीका कारण शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचानमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
शव व्यवस्थापनमा समस्या भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर १०० वटा शव गाडेर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाइएको छ।
हालसम्म नवलपरासी पश्चिमका यादव भण्डारी, हेटौँडाका उद्धव खड्का र सुमन गोले, धादिङका सन्जोग घर्तीमगर, अर्घाखाँचीका नारायणबहादुर थापा, नुवाकोटकी शारदा ढकाल, गोरखाकी कमला देवकोटा र सुजाता कौराल तथा चितवनका विमल काफ्लेको सनाखत भएको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया