भोटेकोसी बाढीपछि विदुर–बट्टारमा पानीको हाहाकार


नुवाकोट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले खानेपानीको पाइपलाइनमा क्षति पुर्‍याएपछि विदुर, बट्टारलगायत क्षेत्रमा खानेपानीको हाहाकार भएको छ।

विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार नगरपालिकाले दमकल र ट्याङ्करमार्फत टोल–टोलमा पानी वितरण गरिरहेको भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। पानी अभावका कारण स्थानीयलाई खाना पकाउन, नुहाउन र सरसफाइ गर्नसमेत समस्या भएको छ।

खानेपानी संकटकै कारण विदुर र बट्टारका केही होटलसमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्। राहत शिविरमा जार तथा मिनरल वाटर उपलब्ध गराइए पनि पर्याप्त नभएको नगरपालिकाले जनाएको छ।