धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा नगद राख्ने लकर फेला परेको छ ।
भदौ १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले लकर फेला पारेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमान्डमा परिचालित नौ सदस्यीय टोलीले बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ लकर फेला पारेको जनाएको छ ।
स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा लकर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।





















प्रतिक्रिया