केरुङमा रोकिएका नेपालीलाई वैकल्पिक मार्गबाट स्वदेश ल्याइने: परराष्ट्रमन्त्री खनाल


नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका करिब एक हजार नेपालीलाई वैकल्पिक मार्ग हुँदै स्वदेश ल्याइने बताएका छन्।

आइतबार विदुर–१, ढुङ्गेमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले तातोपानी नाका सञ्चालनमा ल्याउन तथा मुस्ताङको कोरला नाका प्रयोग गर्न चिनियाँ पक्षसँग अनुरोध गरिएको जानकारी दिए।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि चीन र भारतबाट विशेषज्ञ टोली बोलाइएको उनले बताए। आवश्यक परे अन्य मुलुकसँग समेत सहयोग लिने उनको