काठमाडौँ । गायक सुशान्त केसीले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।
सहयोगबारे फेसबुकमार्फत जानकारी दिँदै केसीले यो सहयोग आफ्ना दर्शक तथा शुभेच्छुकहरूको तर्फबाट गरेको बताएका छन्। उनले सानो सहयोगको पनि ठूलो महत्त्व हुने भन्दै सबैलाई सकेको सहयोग गर्न आग्रह गरेका छन्।





















प्रतिक्रिया