काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवा, नुवाकोट र धादिङका बाढी–पहिरो प्रभावित स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्।
आइतबार भएको संवादमा उनले उद्धार, राहत, सडक, विद्युत्, शव व्यवस्थापन तथा विस्थापितको आवासलगायत समस्याबारे जानकारी लिए।
पालिका प्रमुखहरूले सडक तत्काल सञ्चालन, शव व्यवस्थापन, विद्युत् र ग्यास आपूर्ति तथा अस्थायी आवासको व्यवस्था गर्न माग गरेका थिए। कतिपयले प्रशासनसँगको समन्वयमा समेत समस्या रहेको गुनासो गरेका थिए।
लामिछानेले उठाइएका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले विभिन्न मन्त्रीसँग समन्वय सुरु गरिसकेको रास्वपाले जनाएको छ।





















प्रतिक्रिया