पार्वती’ फिल्मको कमाइबाट उद्धार कोषमा ११ लाखभन्दा बढी


काठमाडौं । प्रदर्शनरत फिल्म ‘पार्वती’ ले पहिलो दिनको कमाइबाट ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन देशभर २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । उक्त रकममध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ कोषमा प्रदान गर्न लागिएको वितरक करण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रकम केही दिनभित्र अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषमा जम्मा गरिनेछ । फिल्मले शनिबार भने देशभर ४२ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यसअघि फिल्मकी निर्देशक तथा अभिनेत्री निता ढुङ्गानाले व्यक्तिगततर्फबाट उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन्।