बर्दिया । रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका बाढी प्रभावित बोकेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बर्दियातर्फ लैजाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो । बसमा ३८ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका छन् भने पाँच जनाको उपचार भइरहेको छ ।
चार जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको छ । बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतकी रीता गन्धर्वको भने पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ ।





















प्रतिक्रिया