विपद् उद्धार कोषमा सिद्धार्थ बैंकको २ करोड ५१ लाख योगदान


काठमाडौँ । सिद्धार्थ बैंकले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ ।

बैंकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सिद्धार्थ बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।