उत्तर कोरियाको नयाँ रक्षामन्त्रीमा पाक क्वाङ-जु


काठमाडौँ। उत्तर कोरियाका नेता किम जोङ उनले देशको उच्च सैन्य नेतृत्वमा फेरबदल गर्दै किम सङ गीलाई नयाँ रक्षामन्त्री नियुक्त गरेका छन्।सरकारी समाचार संस्था केसीएनएका अनुसार यसअघि सेनाको राजनीतिक ब्युरोका निर्देशक रहेका किम सङ गीले नो क्वाङ चोलको स्थान लिएका हुन्। नो क्वाङ चोललाई भने शक्तिशाली हातहतियार उद्योग विभागमा वरिष्ठ जिम्मेवारी दिइएको छ।

युक्रेन युद्धका बीच उत्तर कोरियाले रुससँग सम्बन्ध थप नजिक बनाइरहेका बेला सैन्य नेतृत्वमा फेरबदल भएको हो।