इरानको खर्ग टापुलाई निशाना बनाइएको ट्रम्पको दाबी


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा एआईबाट तयार गरिएको जस्तो देखिने विस्फोटको भिडियोसहित यस्तो दाबी गरेका हुन्।

तर खार्ग टापुमा आक्रमण भएको पुष्टि गर्ने स्वतन्त्र प्रमाण तत्काल उपलब्ध नभएको रोयटर्सले जनाएको छ। ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले पनि यसबारे प्रतिक्रिया दिएका छैनन्।

खार्ग टापुबाट युद्धअघि इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने भएकाले यहाँ आक्रमण भए ऊर्जा व्यापार र अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने बताइएको छ।

यसैबीच, अमेरिकाले लाराक टापुमा इरानी प्रक्षेपण प्रणालीलाई लक्षित गरी कारबाही गरेको र त्यसको जवाफमा इरानले जोर्डनस्थित दुई अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ।