आज बस्दै कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र आगामी संसदीय रणनीतिबारे छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

यस्तै, जनसरोकारका समसामयिक विषय तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका समस्याबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ।