शिङटन डीसी । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग पार्न यसै साता अर्को बैंकमाथि प्रतिबन्ध लगाउने बताएका छन्।
आइतबार एसोसिएटेड प्रेससँग कुरा गर्दै बेसेन्टले प्रतिबन्धमा पर्ने बैंकको नाम खुलाएनन्। इरानी सरकारसँग कारोबार गर्ने तथा उसलाई आर्थिक सहयोग गर्ने वित्तीय संस्थामाथि थप कारबाही हुने उनले चेतावनी दिए।
यसअघि अमेरिकाले इरानी सरकारसँग कारोबार गरेको आरोपमा इजिप्टको दोस्रो ठूलो बैंक बान्क मसरमाथि कारबाही अघि बढाएको थियो। पछिल्लो समय अमेरिकाले इरानसँग सम्बन्धित दर्जनौँ व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्धसमेत लगाइसकेको छ।
अमेरिका र इरानबीच सैन्य तनावसमेत बढिरहेका बेला वासिङ्टनले आर्थिक दबाबलाई थप तीव्र बनाएको हो।





















प्रतिक्रिया