प्रिमियर कपमा नेपाल विजयी, बहराइनलाई ७ विकेटले हरायो


काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले सोमबार बहराइनलाई ७ विकेटले पराजित गरेको हो।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। अर्जुन कुमालले अविजित ३६, रोहित पौडेलले १९ र आसिफ शेखले १९ रन बनाए।

यसअघि सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिएपछि बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।