न्युयोर्क । अमेरिका–इरानबीच बढ्दो सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले बढेको छ।
लन्डन बजारमा ब्रेन्ट क्रुडको मूल्य २.५१ प्रतिशत बढेर प्रतिब्यारेल ९०.३१ डलर पुगेको छ। त्यस्तै, अमेरिकी बेञ्चमार्क डब्लूटीआईको मूल्य २.१९ प्रतिशत बढेर ८५.२३ डलर पुगेको छ।
अमेरिकाले इरानको लारक द्वीपमा आक्रमण गरेपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरेको थियो। यसले विश्वको प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलडमरूमाथि तनाव बढाएको छ।
विश्लेषकहरूले होर्मुज जलडमरूमको अवस्था स्पष्ट नभएसम्म तेलको मूल्य प्रतिब्यारेल ८५ देखि ९५ डलरको दायरामा रहन सक्ने अनुमान गरेका छन्।





















प्रतिक्रिया