काठमाडौं । भोटेकोशी बाढीपछि रसुवाको कालिका गाउँपालिकामा करिब २०० जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताएका छन्। उनका अनुसार वडा नम्बर १ मा बाढीले ठूलो क्षति पुर्याएको छ भने बेपत्ताको संख्या अझै बढ्न सक्ने देखिएको छ।
बाढी प्रभावित क्षेत्रमा ग्यास, खाद्यान्न र लत्ताकपडाको अभाव छ। कालिका हिमालयन क्याम्पसमा सञ्चालित होल्डिङ सेन्टरमा १५० भन्दा बढीलाई आश्रय दिइएको छ।
अध्यक्ष देवकोटाका अनुसार त्रिशूली नदी किनारमा थुप्रै शव छरिएर सड्न थालेका छन्। शव व्यवस्थापनमा स्थानीय सरकारलाई जिम्मेवारी नदिँदा समस्या भएको उनले गुनासो गरे।
सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा राहत सामग्री पुर्याउन तथा बेपत्ताको खोजी गर्नसमेत कठिनाइ भइरहेको छ। देवकोटाले तत्काल सडक र विद्युत् सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।





















प्रतिक्रिया