भोटेकोशी बाढीपछि रसुवामा विद्युत् आपूर्ति सामान्य बन्दै


काठमाडौँ । भोटेकोशी बाढीका कारण अवरुद्ध रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ। यस्तै, गोसाईंकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाईंकुण्ड क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनमा आएको छ।

बाढीले विद्युत् संरचनामा क्षति पुर्‍याएपछि प्राधिकरणका प्राविधिक टोलीले प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएका थिए।

बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ।