काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवास्थित सुरुङभित्र रहेका व्यक्तिको उद्धार एक–दुई दिनमै सम्भव नहुने बताएका छन्।
विपद्पछिको अवस्थाबारे अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले ७ देखि १६ दिनपछि पनि सुरुङबाट मानिस जीवितै उद्धार भएका उदाहरण रहेको भन्दै खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए।
नेपालमै भूकम्पका बेला गोंगबुबाट सातौँ दिनमा मानिसको जीवित उद्धार भएको उदाहरण दिँदै वाग्लेले आशा नछोड्न आग्रह गरे।
उनले विपद्पछिको पुनर्निर्माणका लागि तत्काल छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गर्ने तयारी नरहेको पनि बताए। अहिले अधिकांश पुनर्निर्माण तथा पूर्वाधारसम्बन्धी काम भौतिक पूर्वाधार मन्त्रालयबाटै अघि बढाइने उनको भनाइ छ।





















प्रतिक्रिया