पश्चिम नवलपरासीमा प्रहरी र लागुऔषध कारोबारीबीच मुठभेड, २ भारतीय पक्राउ


काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड फायर गरेको ब्यूरोका एक अधिकृतले बताए।

प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरेको स्रोतले जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।