नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटमा एउटै घरबाट २४ जनाको शव निकालिएको छ । विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको एक घरबाट सुरक्षाकर्मीले खोजी तथा उत्खननका क्रममा २४ शव फेला पारेका हुन् ।
नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार फेला परेका शवमध्ये १३ जना महिला, ११ जना पुरुष र एक बालकको शव रहेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले उक्त घरमा शव रहेको फेला पारेपछि उत्खनन गरिएको हो । फेला परेका शवको हालसम्म पहिचान खुल्न सकेको छैन ।
शवहरू पोस्टमार्टम तथा पहिचानका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।





















प्रतिक्रिया