काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपछि रसुवाको त्रिशूली क्षेत्रमा बेपत्ता भएका भारत उत्तर प्रदेशका ६ जनामध्ये तीन जना सकुशल घर फर्किएका छन्।
भारतीय अधिकारीका अनुसार राजकुमार तिवारी, अभिषेक तिवारी र आकाश कनोजिया घर फर्किएका हुन्। उनीहरू रसुवामा निर्माणाधीन २१६ मेगावाटको जलविद्युत् आयोजनामा कार्यरत थिए।
अभय तिवारी, अमन गौड र पंकज राजभर भने अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी रहेको भारतीय प्रहरीले जनाएको छ।





















प्रतिक्रिया