काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्। भोटेकोशी बाढीपछि उत्पन्न संकट समाधान तथा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनबारे छलफल गर्न बैठक दिउँसो २ बजे रास्वपा कार्यालय सिंहदरबारमा बस्दैछ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने सहभागी नहुने प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकको नेतृत्व महामन्त्री विपिनकुमार आचार्यले गर्नेछन्।
नेपाली कांग्रेसबाट प्रवक्ता देवराज चालिसे, नेकपा एमालेबाट सचिव पद्मा अर्याल र प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र डा. गंगालाल तुलाधर सहभागी हुने बताइएको छ। राप्रपा, श्रम संस्कृति पार्टी, जसपा नेपाल र जनमत पार्टीबाट सहभागी हुने प्रतिनिधिको टुंगो भने लागिसकेको छैन।
रास्वपाका अनुसार बैठकमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीति सुधार तथा सरकारका कामकारबाहीको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।





















प्रतिक्रिया