मधेस सरकार भोटेकोशी बाढीपीडितको उद्धारमा, दोस्रो चरणको राहत पठाउँदै


धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री मंगलबार पठाउने भएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले ७ हजार थान कम्बल र ७०० थान अस्थायी आवासका टेन्ट पठाउने निर्णय गरेको हो।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकारले थप सहयोग तथा समन्वय गर्नेछ।

यसअघि मधेस सरकारले पहिलो चरणमा ५५ लाख रुपैयाँ राहत सहयोग पठाएको थियो। आगामी दिनमा थप सहयोगका विषयमा पनि छलफल गरिने मन्त्री महतोले बताए।